काठमाडौं । सेयर बजारमा एकैदिन ४९ प्रतिशतले कारोबार रकम घटेको छ । आइतबारको तुलनामा सोमबारको कारोबार रकम ४८.९९ प्रतिशत अर्थात २ अर्ब ४४ करोड रुपैयाँले घटेर २ अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको हो ।
जबकी आइतबारको बजारमा ४ अर्ब ९८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
कारोबार घटेको बजारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर ४५.६० रुपैयाँले बढेर प्रतिकित्ता ७९३.३० रुपैयाँमा अन्तिम किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा ९ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार कारोबार रकमसँगै नेप्से परिसूचक पनि घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशतले घटी हो ।
घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो । त्यस्तै, पहिलो दिन दोश्रो बजारमा कारोबार भएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ७९३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्नेमा आईसीएफसी फाइनान्स रहेको छ । फाइनान्सको सेयर मूल्य एकैदिन ४.८२ प्रतिशत अर्थात ३१.७० रुपैयाँले घटेर प्रतिकित्ता ६२६ रुपैयाँमा झरेको छ ।
त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ३४२.०६ प्रतिशतले घटेको छ ।