बुद्धनगर एग्रो फार्मको आईपीओ जारी हुने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल

<p>काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका पाँच लाख कित्ता आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनआईसी क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र बुडनगर एयो फार्मबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । आईपीओ [&hellip;]</p>

काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका पाँच लाख कित्ता आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनआईसी क्यापिटललाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र बुडनगर एयो फार्मबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । आईपीओ जारी गर्ने एयो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो |

एनआईसी एशिया क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत उक्त बुद्धनगर एगौ फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा एनआईसीले गर्ने जनाएको छ ।

एनआईसी क्यापिटलले एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी आईपीओ जारी गर्ने प्रक्रियामा सबै सहयोग गर्ने जनाएको छ ।

Share News