काठमाडौं । मंगलबार नबिल बैंकसहित विभिन्न तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । चैत १५ गते एकैदिन नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
जसमध्ये नबिल बैंकको ३३.६० प्रतिशत अर्थात ४ करोड ६५ लाख १७ हजार ३५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, एक्सेल डेभलपमेन्टको १२ प्रतिशत अर्थात ९ लाख ७३ हजार ३४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३२.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जुन कित्ताको आधारमा २ लाख ९७ हजार ३२१ कित्ता रहेको छ ।