कास्कीको लेखनाथबाट प्राइमलाइफ इन्स्योरेन्सको सेवा सुरु

<p>कास्की । कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई [&hellip;]</p>

कास्की । कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि उपशाखा खोली सेवा सुरु गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए ।

आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका सिइओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरूमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको दाबी गरे ।

प्राइमलाइफ इन्स्योरेन्सले २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको भने चुक्ता पुँजी दुई अर्ब ७८ करोड रहेको छ ।

Share News