नेप्से परिसूचक ४१ अंकले बढ्दा सवा दुई अर्बको कारोबार

<p>काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार पौने २ अर्ब बराबरको कारोबार भएकोमा आज बढेर दुई अर्ब २५ करोड एक लाखन्दा बढीको कारोबार [&hellip;]</p>

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशतले बढेको हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार पौने २ अर्ब बराबरको कारोबार भएकोमा आज बढेर दुई अर्ब २५ करोड एक लाखन्दा बढीको कारोबार भएकव छ ।

बुधबारको कूल कारोबारमध्ये सिद्धार्थ इस्युरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा प्रभु इन्स्युरेन्स छ । बैंकको एकैदिन १० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, चार कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किटमा इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो ।

Share News