
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गाेपनियताकाे सपथ ग्रहण पनि गरेका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार बसेकाे कम्पनीको सञ्चालक समितिको १२१ औं बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै बैठकले यसअघिका अध्यक्ष डा. आत्माराम घिमिरेको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत समेत गरेको छ ।
त्यस्तै, गत फागुन २२ गते कम्पनीको सल्लाहकारको रुपमा सन्तोष प्रसाईं नियुक्त भएका थिए । त्यसपछि प्रमुख कार्यकारी अधिकृत नारायण पाैडेलले पदबाट राजीनामा दिएका थिए ।