प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख ११ गते बोलायो वार्षिक साधारण सभा

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले गत वर्षको प्रस्तावित लाभांशलाई पारित गर्दै छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो ।

सभाले गत वर्षको प्रस्तावित लाभांशलाई पारित गर्दै छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४० लाख ८४ हजार ११९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, इन्स्योरेन्सले सभामा जाने प्रयोजनको लागि आगामी चैत २४ गते बुक क्लोज गर्दै छ । यससँगै चैत २३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

सम्बन्धित समाचार

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी १ अर्ब १७ करोड नाघ्ने

Share News