काठमाडौं । ग्रीन भेन्चर्सले जारी गरेको आईपीओ आइतबार (चैत २० गते) बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले कम्पनीको ३१ लाख २५ हजार कित्ता आईपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा रितपूर्वक आवेदन दिनेमध्ये २ लाख ८७ हजार ५०० आवेदकले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १८ लाख १९ हजार १६ आवेदकको हात खाली भएको छ ।
आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २ करोड ४२ लाख ७७ हजार कित्तामात्रै रितपूर्वक रहेको र बाँकी ७४ हजार ८८० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म कुल ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ९३ हजार ७५० कित्ता कर्मचारीलाई, १ लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको र बाँकी २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा जारी गरिएको थियो ।
बिहान साढे ८ बजे बाँडफाँड भएको उक्त आईपीओको रिजल्ट विभिन्न वेवसाइटबाट हेर्न सकिनेछ । आवेदकहरुले रिजल्ट प्रकाशन भएपछि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट, मेरोसेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपीओ रिजल्ट वेबसाइट मार्फत हेर्न सक्नेछन् ।