एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमलप्रसाद वाग्ले

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका कम्पनीले जनाएको छ । नवनिर्वाचित अध्यक्षसँग ३७ वर्षभन्दा बढी निजामति सेवा तथा विभिन्न संस्थामा काम [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् ।

१६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।

अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका कम्पनीले जनाएको छ ।

नवनिर्वाचित अध्यक्षसँग ३७ वर्षभन्दा बढी निजामति सेवा तथा विभिन्न संस्थामा काम गरेको अनुभव छ । सचिव पदबाट अवकाश पाएका वाग्ले  यसअघि पनि एनएलजी इन्स्योरेन्स कम्पनीकाे अध्यक्ष थिए ।

Share News