एकैदिन पौने १६ लाख कित्ता बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेप्सेमा एकैदिन पौने १६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको गरी दुई कम्पनीको १५ लाख ८२ हजार ७८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये रिलायन्स फाइनान्सको १५ प्रतिशत अर्थात १३ लाख ७३ हजार ४८६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, नेपाल [&hellip;]</p>

काठमाडौं । नेप्सेमा एकैदिन पौने १६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको गरी दुई कम्पनीको १५ लाख ८२ हजार ७८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये रिलायन्स फाइनान्सको १५ प्रतिशत अर्थात १३ लाख ७३ हजार ४८६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत अर्थात २ लाख ९ हजार ३०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यससँगै यी दुई कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News