बलेफीको आइपीओमा मागभन्दा १३ गुणा बढीको आवेदन

<p>काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा करिब १३ गुणा बढीले आवेदन दिएका छन् । भोलिसम्म आवेदन दिने म्याद रहेको आइपीओमा आजसम्म १८ लाख ७० हजार ७०९ जनाले दुई अर्ब १२ करोड २६ लाख ७५ हजार बराबरको आवेदन दिएका छन् । यो आवेदन रकम मागभन्दा १२.७६ प्रतिशत बढी हो । बलेफीले चैत १६ गतेबाट सर्वसाधारणका [&hellip;]</p>

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा करिब १३ गुणा बढीले आवेदन दिएका छन् ।

भोलिसम्म आवेदन दिने म्याद रहेको आइपीओमा आजसम्म १८ लाख ७० हजार ७०९ जनाले दुई अर्ब १२ करोड २६ लाख ७५ हजार बराबरको आवेदन दिएका छन् । यो आवेदन रकम मागभन्दा १२.७६ प्रतिशत बढी हो ।

बलेफीले चैत १६ गतेबाट सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो तथ्यांक आइतबार साँझ साढे ५ बजेसम्मको हो ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई जारी भएको हो ।

Share News