
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा करिब पौने २३ लाखले आवेदन दिएका छन् ।
बलेफीले १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । आईपीओ एक लाख ६६ हजार ३४५ जनाले पाउनेछन् भने बाँकी २१ लाखभनन्दा बढीको हात खाली हुनेछ ।
सोमबार ५ बजेसम्म म्याद रहेको उक्त आईपीओमा २२ लाख ६९ हजार ४१६ जनाले दुई करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् ।
उक्त आवेदन दुई अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको हो । यो मागभन्दा करिब १६ गुणा बढी आवेदन हो । ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त आईपीओ गत चैत १६ गतेबाट सर्वसाधारणका लागि खुला भएको थियो ।