एक घण्टामै ४३ अंकले घट्यो बजार, ८ कम्पनी बाहेक सबै राताम्मे

<p>काठमाडौं । मंगलबार कारोबार खुलेको एक घण्टा मै सेयर बजार ४३.०५ अंकले घटेको छ । दिउँसो १२ बजेर ७ मिनेट जाँदा सेयर मूल्य मापक नेप्से परिसूचक ४३.०५ अंकले घटेर २४५५.४८ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशतले घटी हो । बजारमा अधिकांशको सेयर मूल्य घटेसँगै परिसूचक पनि घट्न पुगेको हो । यो [&hellip;]</p>

काठमाडौं । मंगलबार कारोबार खुलेको एक घण्टा मै सेयर बजार ४३.०५ अंकले घटेको छ । दिउँसो १२ बजेर ७ मिनेट जाँदा सेयर मूल्य मापक नेप्से परिसूचक ४३.०५ अंकले घटेर २४५५.४८ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशतले घटी हो ।

बजारमा अधिकांशको सेयर मूल्य घटेसँगै परिसूचक पनि घट्न पुगेको हो । यो समाचार तयार पार्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । कूल १९२ कम्पनीको कारोबार हुँदा ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी १८४ कम्पनीको सेयर मूल्य घटिरहेको छ ।

यससँगै सबैभन्दा बढी इमर्जिङ नेपालको सेयर मूल्य घटेको छ । दोश्रो बजारमा प्रवेशसँगै निरन्तर उकालोको यात्रामा रहेको कम्पनी आज भने ओरालो यात्रामा लागेको देखिन्छ । र, कारोबार शुरु भएको एक घण्टामै १० प्रतिशतले घटेर प्रतिकित्ता १३२३ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १४७ रुपैयाँले घटी हो ।

घटेका अन्य कम्पनीको भने ५ प्रतिशत भन्दा कमले घटेर किनबेच भइरहेको छ ।

तर घट्दो बजारमा पनि दुई लघुवित्तको सेयर भने सर्किट लेभलमा कारोबार भइरहेको छ । राष्ट्रिय उत्थान लघुवित्त वित्तीय संस्था र नेष्ठो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १७५६.१० र १४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो अवधिसम्ममा ७८ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी अर्थात ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ ।

त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । पछिल्लो समय अर्थतन्त्र खस्किएसँगै अर्थतन्त्रको ऐना मानिने नेपालको पुँजीबजार पनि खस्किँदै गएको बुझिन्छ ।

Share News