७३ अंकको उतारचढावबीच बढ्यो कारोबार रकम, यूनिलिभरसहित १० कम्पनीको सेयर मूल्यमा सुधार

<p>काठमाडौं । मंगलबारको बजारमा ७३.४९ अंकको उतारचढाव देखिएको छ । दिनभरको कारोबारमा नेप्से परिसूचक अधिकतम २५०७.७६ देखि न्यूनतम २४३४.२७ बिन्दुसम्ममा झरेको हो । र, बजार बन्द हुँदा परिसूचक अघिल्ल्लो दिनको तुलनामा ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा अडिएको छ । जुन १.८६ प्रतिशतले घटी हो । सोमबारको तुलनामा कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा [&hellip;]</p>

काठमाडौं । मंगलबारको बजारमा ७३.४९ अंकको उतारचढाव देखिएको छ । दिनभरको कारोबारमा नेप्से परिसूचक अधिकतम २५०७.७६ देखि न्यूनतम २४३४.२७ बिन्दुसम्ममा झरेको हो ।

र, बजार बन्द हुँदा परिसूचक अघिल्ल्लो दिनको तुलनामा ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा अडिएको छ । जुन १.८६ प्रतिशतले घटी हो ।

सोमबारको तुलनामा कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ९ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा भने १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा लगानीकर्ता आत्तिएकाले कारोबार रकम बढ्न पुगेको हो । दैनिक रुपमा बजार घट्न थालेसँगै लगानीकर्ताहरु डराएर घाटामै भएपनि सेयर बेच्न थालेपछि त्यसको प्रभाव कारोबार रकममा देखिएको हो ।

एक घण्टामै ४३ अंकले घट्यो बजार, ८ कम्पनी बाहेक सबै राताम्मे

त्यस्तै, मंगलबारको बजारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको एकैदिन ८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ ।

त्यस्तै, घटेको बजारमा म्युचुअल फण्ड तथा ऋणपत्र बाहेकका १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । जसमा राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिलिभर नेपाल, सोल्टी होटल, एनएलजी इन्स्योरेन्स, साञ्जेन जलविद्युत कम्पनी, ओरियन्टल होटल र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सोमबारको तुलनामा बढेको हो । यसमध्ये राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १०र१० प्रतिशतले बढेको हो ।

बजारमा इमर्जिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता १३२३ रुपैयाँमा झरेको छ । यता कारोबारमा आएका समूहहरु मध्ये होटल्स एण्ड टुरिजम समूह १५ अंकले बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News