काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर प्रतिकित्ता ६४५ रुपैयाँमा भएको थियो ।
यससँगै अबको बजारमा कम्पनीको सेयर किन्नेले गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।