नेपाल टेलिकमले २० प्रतिशत बोनस दिने

<p>काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७७/०८७ को मुनाफाबाट २० प्रतिशत बोनस दिने भएका छन् । टेलिकमले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले जानकारी दिए । १४औं वार्षिक साधारणसभामामा बोल्दै यस्तो बताएका हुन् । साथै उक्त आर्थिक वर्षमा नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७७/०८७ को मुनाफाबाट २० प्रतिशत बोनस दिने भएका छन् ।

टेलिकमले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले जानकारी दिए । १४औं वार्षिक साधारणसभामामा बोल्दै यस्तो बताएका हुन् ।

साथै उक्त आर्थिक वर्षमा नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।

उनका अनुसार अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व खुद नाफा ४२ अर्ब २१ करोड संकलन गरी ७ अर्ब १३ करोड नाफा कायम गर्न कम्पनी सफल भएको हो ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए । अनलाइन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।

Share News