सेयर बजारमा छायो हरियाली, नबिलपछि प्राइम बैंकको सर्वाधिक कारोबार

<p>काठमाडौं । सेयर बजारमा करिब एक सातापछि हरियाली छाएको छ । गत चैत १६ गतेदेखि निरन्तर घटेर राताम्मे भएको बजार आज(चैत २४ गते) भने उकालो लागेर हरियाली भएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४७ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा करिब एक सातापछि हरियाली छाएको छ । गत चैत १६ गतेदेखि निरन्तर घटेर राताम्मे भएको बजार आज(चैत २४ गते) भने उकालो लागेर हरियाली भएको छ ।

बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४७ प्रतिशतले बढेको हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबारको बजारमा २ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ७ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य ४ रुपैयाँले बढेर प्रतिकित्ता ९६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा प्राइम कमर्शियल बैंक छ । बैंकको एकैदिन ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य ४ रुपैयाँले बढेर प्रतिकित्ता ३०२ रुपैयाँ पुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबारमा आएका सबै समूहको उपसूचकमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी (अर्थात २५८.५७ अंक) ले बढेको छ ।

त्यस्तै, दोहोरो अंकले बढेको बजारमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः ४६२ र १७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Share News