अजोड इन्स्योरेन्सको आयोजनामा घुम्ती बीमा र अभिकर्ता तालिम सम्पन्न

<p>रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत १९ देखि २१ गतेसम्म चन्द्रपुर नगरपालिका-१०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका-१० का वडाध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्य तथा अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए । यसैबीच, [&hellip;]</p>

रौतहट । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत १९ देखि २१ गतेसम्म चन्द्रपुर नगरपालिका-१०, वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

चन्द्रपुर नगरपालिका-१० का वडाध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्य तथा अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।

यसैबीच, अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा चैत २२ देखि २४ गतेसम्म गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।

Share News