काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) जारी गर्ने भएको छ । जसको लागि संस्थाले प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको हो ।
सो सम्बन्धमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल क्यापिटलको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
समता घरेलु लघुवित्त दिगो लघुवित्त सेवा प्रदान गर्ने, कृषि उत्पादन बढाउने, र गरिबजन समुदायमा आय तथा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापना भएको हो । यस कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक : सर्वसाधारण) कायम हुने गरी एफपीओ जारी गर्न लागेको हो । यससँगै, संस्थाले सर्वसाधारणलाई जारी हुन बाँकी सेयर २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्न लागेको हो ।