अल्फा अटोमोटिभद्वारा सगरमाथा आरोहीलाई सहयोग

<p>काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले सगरमाथा आरोहीलाई सहयोग गरेको छ । गुफी नामले परिचित प्रमोद श्रेष्ठले यस सिजनमा बालिकालाई बालविवाहविरुद्ध शिक्षा अभियानलाई सफल पार्न भन्दै सगरमाथा आरोहण गर्दैछन् । उक्त आरोहणमा अल्फा अटोमोटिभ जोडिएको हो । अटोमोटिभका राइडरसमेत रहेका श्रेष्ठलाई निर्देशक हर्ष संघाइले ५ लाख बराबरको चेक आज हस्तान्तरण [&hellip;]</p>

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले सगरमाथा आरोहीलाई सहयोग गरेको छ ।

गुफी नामले परिचित प्रमोद श्रेष्ठले यस सिजनमा बालिकालाई बालविवाहविरुद्ध शिक्षा अभियानलाई सफल पार्न भन्दै सगरमाथा आरोहण गर्दैछन् । उक्त आरोहणमा अल्फा अटोमोटिभ जोडिएको हो ।

अटोमोटिभका राइडरसमेत रहेका श्रेष्ठलाई निर्देशक हर्ष संघाइले ५ लाख बराबरको चेक आज हस्तान्तरण गरी सहयोग गरेका हुन् । साथै संघाइले सफल आरोहणका लागि शुभकामना दिएका छन् ।

Share News