नेप्से परिसूचक ४५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

<p>काठमाडौं । सोमबार नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ४४.६४ अंकले घटेर २४१९.७१ को विन्दुमा रोकिएको हो । गत बिहीबार बढेको नेप्से परिसूचक आज घटेको हो । आइतबार रामनवमी बिदाका कारण बिहीबारपछि आजमा सेयर बजार खुला भएको हो । गत बिहीबार २ अर्ब १२ करोड रूपैयाँ [&hellip;]</p>

काठमाडौं । सोमबार नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढको छ ।

बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ४४.६४ अंकले घटेर २४१९.७१ को विन्दुमा रोकिएको हो ।

गत बिहीबार बढेको नेप्से परिसूचक आज घटेको हो । आइतबार रामनवमी बिदाका कारण बिहीबारपछि आजमा सेयर बजार खुला भएको हो ।

गत बिहीबार २ अर्ब १२ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने २ अर्ब २६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै बढ्नेमा राष्ट्र नेस्डो समृद्ध लघुवित्त र जालपा लघुवित्त छ । दुवैको मूल्यमा सकारात्मक सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, धेरै गुमाउनेमा इमर्जिङ नेपाल अगाडि छ । आज इमर्जिङको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक रूपैयाँमा झरेको छ ।

बढी कारोबार हुनेको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको एकैदिन १६ करोड ५२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो र तेस्रो स्थानमा क्रमशः निफ्रा र नबिल बैंक रहेको छ ।

Share News