काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले चैत २९ गतेसम्म आवेदन दिने म्याद थपेको हो ।
गत चैत २७ गते राम नवमी परेर सार्वजनिक बिदा भएको भन्दै मर्चेन्टले थप एक दिन म्याद थपेको हो । यससँगै, चैत २९ गतेसम्म आवेदन दिन पाइने भनिएको उक्त सेयरमा अब चैत ३० गतेसम्म आवेदन दिन पाइने छ ।
संस्थाले गत चैत २५ गतेदेखि २ लाख २६ हजार २५० कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । र, बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।
सर्वसाधारणलाई २ लाख २१ हजार १५६ कित्ता सेयर माग गरेको उक्त आईपीओमा हालसम्म २ अर्ब ३२ करोड रुपैयाँ बराबरको २ करोड ३२ लाख कित्ता आवेदन परेको छ । चैत २९ गते बिहान १० बजेसम्ममा २० लाख ४४ हजार ९०२ जनाले २ अर्ब ३२ करोड रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
उक्त सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले चैत २९ गतेसम्म आवेदन दिन पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
संस्थाको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
हाल ४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ पश्चात ६ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।