अब फ्लोर सिटबाट ब्रोकर र कारोबारीको क्रम संख्या हट्ने, बोर्डले दियो निर्देशन

<p>काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हट्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले नेप्सेको फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हटाउन निर्देशन दिएसँगै उक्त विवरण हट्ने भएको हो । बोर्डले चैत ३० गते एक पत्र जारी गर्दै कारोबार समयमा नै फ्लोर [&hellip;]</p>

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हट्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले नेप्सेको फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हटाउन निर्देशन दिएसँगै उक्त विवरण हट्ने भएको हो ।

बोर्डले चैत ३० गते एक पत्र जारी गर्दै कारोबार समयमा नै फ्लोर सिटमा देखिने ब्रोकर र लगानीकर्ताको क्रम संख्या खुल्ने विवरण हटाउन नेप्सेलाई निर्देशन दिएको हो ।

हाल नेप्सेको वेवसाइटमा रहेको फ्लोर सिटबाट ब्रोकर तथा सेयर कारोबार गर्नेको क्रम संख्या खुल्ने विवरण देखिने व्यवस्था छ । उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो आएसँगै बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी बोर्डले उक्त विवरण अब कारोबार समयपछि मात्रै हेर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

साथै, ब्रोकरको स्क्रिन एक्जिबिएशन रुम सुचार गर्न पनि बोर्डले सबै ब्रोकरहरुलाई निर्देशन दिएको छ । यसअघि सुचारु रहेको उक्त रुप कोभिड महामारीको न्यूनिकरणको लागि भन्दै बन्द गरिएको थियो ।

Share News