
काठमाडौं । दुईदिन ओरालो लागेर पुस ६ गतेयताकै न्यून बिन्दुमा झरेको नेप्सेपरिसूचक ३० अंकले बढ्दै २०७८ सालको बिदाइ गरेको छ । बुधकार नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ अंकमा रोकिएको छ ।
आज कारोबार भएका सबै उपसूचकमा सुधार आए पनि कारोबार रकम भने सुधारिएन । आज २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर एक अर्ब ४७ करोडको करोबार भएको छ ।
आज पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी प्रतिशतले घट्नेमा युनाइटेड मर्दी हाइड्रोपावर रहेको छ । युनाइटेडको -२.८ प्रतिशतले घटेको छ ।
बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ८४ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो स्थानमा अरुण भ्याल्ली हाइड्रोपावर छ ।