काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले पाँच लाख त्रियानब्बे हजार मृत्यु दावी भुक्तानी गरेको छ ।
कम्पनीले गुराँस सावधीक जीवन बीमा गराएका नवलपरासी बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात उनको इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई रकम हस्तानतरण गरेको हो ।
स्व। सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई वर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाखको सावधीक जीवन बीमा गरेका थिए ।
शाखा प्रमुख ओमकार सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।