काठमाडौं । नयाँ सालको पहिलो कारोबार भएको दिन नेप्से परिसूचक २९.६० अंक घटेको छ ।
बुधबार २४१५.२४ अंकमा रोकिएको सेयरबजार आइतबार २३८.६४ अंकमा आएर रोकिएको हो । बिहीबार नयाँ वर्ष र अन्य दिन नियमित बन्दका कारण बुधबारपछि आज मात्र कारोबार भएको हो ।
आज नेप्सेपरिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज २३३ कम्पनीको ३४ लाख ७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड बराबरको करोबार भएको छ । बुधबार एक अर्ब ४७ करोडको करोबार भएको थियो ।
आज पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालय उर्जा विकासको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । आज दुरसञ्चारको करिब ५ करोड बराबरको कारोबार भएको छ ।