आज पनि घट्यो नेप्से परिसूचक : कारोबार रकम भने सामान्य बढ्यो

<p>काठमाडौं । आइतबार २९.६० अंक घटेको नेप्से परिसूचक आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ४१.७७ अंकले घटेको छ । आइतबार २३८.६४ अंकमा रोकिएको सेयरबजार सोमबार २३४३.८७ अंकमा आएर रोकिएको हो । आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर [&hellip;]</p>

काठमाडौं । आइतबार २९.६० अंक घटेको नेप्से परिसूचक आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ४१.७७ अंकले घटेको छ ।

आइतबार २३८.६४ अंकमा रोकिएको सेयरबजार सोमबार २३४३.८७ अंकमा आएर रोकिएको हो ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर एक अर्ब ५३ करोड बराबरको करोबार भएको छ । आइतबार एक अर्ब ४४ करोडको करोबार भएको थियो ।

आज पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एनआरएनको सेयर मूल्य ८.३३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक रहेको छ । आज नबिलको करिब ५ करोड बराबरको कारोबार भएको छ ।

Share News