राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने भएकको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । बैंकले प्रति ऋणपत्र [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने भएकको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार दरले ५० लाख कित्ता ऋणपत्र दश वर्षको लागि बिक्री गर्न लागेको हो । पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले बिक्री गर्नेछ ।

५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

Share News