काठमाडौं । सर्वोच्च अदालतले सिन्धुपाल्तोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट खारेज गरिदिएको छ ।
निर्वाचन आचारसंहिताले बहालवाला जनप्रतिनिधिले पुनः उमेदवारी दिन राजीनामा दिनुपर्ने प्रवधानविरुद्ध शेर्पाले रिट दायर गरेका थिए ।
मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको हो ।
रिट खारेज भएसँगै अब उमेदवारी दिन चाहने स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल वैशाख ११ गते नै समाप्त हुने भएको छ ।