सिवाईसीको आइपिओमा पौने २३ लाखको आवेदन

<p>काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा २२ लाख ७७ हजार ७४३ जनाको आवेदन परेको छ । उनीहरूले दुई करोड ५६ लाख कित्ताको लागि आवेदन दिएका हुन् । बिक्री प्रबन्धका अनुसार आइपीओमा दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन मागभन्दा ६९.५२ गुणा बढी हो । यद्दपि, [&hellip;]</p>

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा २२ लाख ७७ हजार ७४३ जनाको आवेदन परेको छ । उनीहरूले दुई करोड ५६ लाख कित्ताको लागि आवेदन दिएका हुन् ।

बिक्री प्रबन्धका अनुसार आइपीओमा दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन मागभन्दा ६९.५२ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

हाल संस्थापक समूहको ६७.५० प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीको चुक्तापुँजी आठ करोड २१ लाख आठ हजार रहेको छ ।कम्पनीले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । संस्थाले वैशाख २ गतेदेखि सर्वसाधारण समूहको तीन लाख ९५ हजार ३३६ कित्ता निष्काशन गरेको थियो ।

Share News