दोहोरो अंकले घट्यो नेप्से परिसूचक : कारोबार रकम भने बढ्यो

<p>काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३६.७३अंकले घटेर २३२०.५१ अंकको बिन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर एक अर्ब ५८ करोड बराबरको करोबार भएको छ । आज १८३ कम्पनीको [&hellip;]</p>

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३६.७३अंकले घटेर २३२०.५१ अंकको बिन्दुमा रोकिएको छ ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर एक अर्ब ५८ करोड बराबरको करोबार भएको छ । आज १८३ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको बढेको छ ।

आज नेप्से परिसूचक घटे पनि जाल्पा लघुवित्त र ग्रिन भेन्चरको सेयर सर्किट लेभलमा बढेको छ ।

आज सबैभन्दा बढी कारोबार गर्नेमा नेस्डो लघुवित्त रहेको छ । आज नेस्डोको सेयर मूल्यमा नकारात्मक सर्किट लागे पनि करिब १४ करोड १९ लाख बराबरको कारोबार भएको छ । नेस्डोपछि ५ करोड बराबरको कारोबारसहित एनआईसी एसिया बैंक दोस्रोमा आएको छ ।

Share News