काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि नेप्से परिसूचक ओरालो लागेको छ ।
एक घण्टा ४५ मिनेटको कारोबार हुँदा २३.४९ अंकले घटेर २२९७ अंकमा झरेको हो ।
मंगलबार १३ अंकले बढेपछि बुधबार र बिहीबार लागातार ओरालो लागेको हो ।
यो समचार तयार पार्दासम्म ५७ करोड ६८ लाख बराबरको कारोबार भएको छ । साथै आज नेप्से पिरसूचक घटे पनि ग्रिन भेन्चरको सेयर १० प्रतिशतले बढेको द्ध ।