काठमाडौं । उपकार लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले शुक्रबार सेयर बाँडफाँड गरेको हो ।
आईपिओमा कुल २३ लाख ५१ हजार ४ सय ६२ जनाले आवेदन दिएकोमा २ हजार ४ सय ६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको थियो ।
जसमा गोलाप्रथाबाट २२ हजार १ सय १५ जनाले १० कित्ता र ६ जनाले ११ कित्ता सेयर पाएका छन् । आवेदन दिएकामध्ये २३ लाख २९ हजार बढी आवेदकको हातखाली भएको छ ।
संस्थाले गत चैत २५ गतेदेखि २ लाख २६ हजार २५० कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । र, बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।
बिहान बाँडफाँड भएको उक्त आईपीओको रिजल्ट विभिन्न वेवसाइटबाट हेर्न सकिनेछ । आवेदकहरुले रिजल्ट प्रकाशन भएपछि बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगको वेबसाइट, मेरोसेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपीओ रिजल्ट वेबसाइट मार्फत हेर्न सक्नेछन् ।