आईएमई जनरलको साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर पारित

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको अध्यक्ष श्री ढकालले कम्पनीले जानकारी दिए । कम्पनीको चुक्ता पुँजी २.५० अर्ब पुर्&#x200d;याउन बीमा समितिले समयसीमा समेत तोकिदिएको हुँदाले चुक्ता पूँजीको ७ प्रतिशतको दरले [&hellip;]</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको अध्यक्ष श्री ढकालले कम्पनीले जानकारी दिए ।

कम्पनीको चुक्ता पुँजी २.५० अर्ब पुर्‍याउन बीमा समितिले समयसीमा समेत तोकिदिएको हुँदाले चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने निर्णय साधारण सभाबाट पारित भएको छ । सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० पुग्ने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा आव ०७७/०८७ मा एक अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि हुँदा चालु आर्थिक वर्षको चैत्रसम्म एक अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको कम्पनीले जनाए ।

कम्पनीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना जग्गा खरिद गरेको अध्यक्षले जानकारी गराएका छन् ।

Share News