सेयर बजारमा छायो हरियाली, दुई घण्टामै ६२ अंकले बढ्यो नेप्से परिसूचक

<p>काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि नै आइतबारको बजार उकालो लागेर हरियाली भएको हो । बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढीसकेको छ । कारोबार खुलेको २ घण्टाको अवधिमै परिसूचक सो मात्रा अर्थात २.६८ प्रतिशतले बढेर २३८७.६६ बिन्दुमा पुगेको छ । दिउँसो १२ बजेर ५७ [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि नै आइतबारको बजार उकालो लागेर हरियाली भएको हो ।

बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढीसकेको छ । कारोबार खुलेको २ घण्टाको अवधिमै परिसूचक सो मात्रा अर्थात २.६८ प्रतिशतले बढेर २३८७.६६ बिन्दुमा पुगेको छ ।

दिउँसो १२ बजेर ५७ मिनेट जाँदासम्म बजारमा ८२ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । दुई घण्टाको अवधिमा कम्पनीको ५ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भइसकेको छ । बेष्ट फाइनान्स कम्पनी र ग्रीन भेन्चर्सको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४०८.१० र ३९६.८० रुपैयाँमा किनबेच भइरहेको छ ।

उता कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।

Share News