काठमाडौं । आइतबार ९५ अंकले बढेर सुधारको संकेत देखाएको नेप्से परिसूचक सोमबार ३४.९५ अंकले घटेको छ । सोमबार सेयर बजार ३४.९५ अंकले घटेर २३८६.०१ बिन्दुमा रोकिएको छ । ।
बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो भने आज घटेर दुई अर्ब चार करोड बराबरको कारोबार भएको छ।
सोमबार कारोबार भएका मध्ये सबैभन्दा बढी अरुण भ्याल्ली हाइड्रोपावरको सेयर किनबेच भएको छ । अरुणको एकैदिन ८ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । त्यस्तै, दोस्रो स्थानमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको एकैदिन ६ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको मू्ल्यमा सकारात्म सर्किट लाग्दा सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सले गुमाएको छ । सेन्ट्रलको मूल्य ५.३३ प्रतिशतले घटेको छ ।
आज २३९ कम्पनीको सेयर कारोबार हुँदा २७ वटाबाहेक सबैको सेयरम मूल्य घटेको छ ।