काठमाडौं, ३० साउन । ज्योति विकास बैंक र झिमरुक विकास बैंकबीच एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनी एकआपसमा गाभिएर मर्ज भै ज्योति विकास बैंक लि. को नामबाट एकिकृत कारोवार गर्ने भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि बैंकका क्षेत्रिय कार्यालय भैरहवाका प्रबन्धक निर्देश रेवति नेपालबाट समुद्घाटन सम्पन्न भयो । ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष ध्रुब कोईरालाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य झिमरुक विकास बैंक लि. का सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज गौतमले गरे ।
यहि श्रावण महिनाको दोस्रो सातामा प्यूठान जिल्लामा आएको अविरल बर्षाले पुर्याएको अपुरणिय धन जनको क्षतिलाई मध्य नजर गरी सामाजिक उत्तरदायित्व अन्तर्गत ज्योति विकास बैंक लि. को तर्फबाट ज्योति बैंकका अध्यक्ष ध्रुब कोईरालाबाट दैवी प्रकोप उद्घार कोषका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनक राज पन्तलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
ज्योति विकास बैंक र झिमरुक बैंकबीच एकआपसमा गाभिए पश्चात कुल चुक्ता पूँजी रु ९८६,६४५ हजार , कुल निक्षेप रु ७,६८७,३१४ हजार र कुल कर्जा रु ६,२३२,५९३ हजार रुपैयाँ हुने बैंकले जनाएको छ । बैंकको २०७३ असार मसान्त सम्मको खुद नाफा रु १७१,८६८ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ ।