काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यही वैशाख १५ गते बिहीबार बाँडफाँड हुने भएको छ ।
आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे बाँडफाँड गर्न लागेको हो ।
बिक्री प्रबन्धका अनुसार आइपीओमा दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।
संस्थाले वैशाख २ गतेदेखि सर्वसाधारण समूहको तीन लाख ९५ हजार ३३६ कित्ता निष्काशन गरेको थियो ।