नेप्से परिसूचकसँग कारोबार रकम सामान्य वृद्धि

<p>काठमाडौं । आज बुधबार नेप्से परिसूचक सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ५.१७ अङ्कले उकालो लागेको नेप्से परिसूचक २३७६.१७ को बिन्दुमा रोकिएको छ । नेप्सेको बढेसँगै कारोबार रकमसमेत केही बढेको छ । कूल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर एक अर्ब ८ करोड ९९ लाखमा खरिद बिक्री भए । [&hellip;]</p>

काठमाडौं । आज बुधबार नेप्से परिसूचक सामान्य बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ५.१७ अङ्कले उकालो लागेको नेप्से परिसूचक २३७६.१७ को बिन्दुमा रोकिएको छ ।

नेप्सेको बढेसँगै कारोबार रकमसमेत केही बढेको छ । कूल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर एक अर्ब ८ करोड ९९ लाखमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ९ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ४ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याल्ली शीर्ष स्थानमा छ । अरुणको पाँच करोड ११ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए । नेपाल फाइनान्सका लगानीकर्ताले ६.८२ प्रतिशतले कमाए ।

त्यस्तै, सानिमा इक्युटी ३.८८, सानिमा लार्ज ग्रुप ३.३७ र माउन्टेन इनर्जीले ३.१८ प्रतिशत गुमाए ।

Share News