
काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएकी छिन् ।
आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् ।
उनको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय समेटिएको जनाईएको छ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत रहेकी उनले स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् ।