यस्ता छन् काठमाडौं महानगरका कांग्रेस उम्मेदवार सिर्जना सिंहका ७ संकल्प

<p>काठमाडौं । नेपाली कांग्रेसले नेपालकै धेरै मतदाता रहेको महानगर काठमाडौंको विकासका संकल्पहरू आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच मेयरका उम्मेदवार सिर्जना सिंहले संकल्प सार्वजनिक गरेकी हुन् । ‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले नेपालकै धेरै मतदाता रहेको महानगर काठमाडौंको विकासका संकल्पहरू आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच मेयरका उम्मेदवार सिर्जना सिंहले संकल्प सार्वजनिक गरेकी हुन् ।

‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

साथै, महानगरलाई भ्रष्टाचारमुक्त चुस्त सेवा प्रवाह गर्ने पालिकाका रूपमा स्थापित गर्ने उनको संकल्प छ । त्यस्तै उनले काठमाडौंलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई पूर्णरूपमा सुरक्षित बनाउने पनि उनको संकल्प छ ।

हेर्नुस् पूर्णपाठ

Share News