सुनिता डंगाेलविरुद्ध अख्तियारमा उजुरी, ५ वर्षको तलबभत्तामा भ्रष्टाचार

<p>काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो । काठमाडौं महानगर पालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो ।

काठमाडौं महानगर पालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने ठाउँमा समाजशास्त्र विषयमा स्नातक तह उतिर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजरीमा बताइएको छ ।

उनले उक्त पदबाट मासिक ८० हजार रुपैयाँ लिएको आरोप लगाइएको छ ।

Share News