काठमाडाैं । काठमाडौं महानगरमा मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौंबासीलाई ठुला सपना देखाउनेभन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भुमिका खेल्ने बताएकी छिन् ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिंहले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने समस्या समाधान गर्ने बताईन ।
विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने बताईन । काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ,’ सिंहले भनिन् ।
उनले मेयर निर्वाचित भए घोषणापत्र अनुसारनै काम गर्ने बताईन । यस्तै उनले व्यापारिक महल बनाउने काम बन्द हुने र ३२ वडै स्वास्थ प्रबन्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्ने बताइन् ।