काठमाडौं । सत्तागठबन्धनले भरतपुर महानगरपालिकाको लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार ‘लोकतान्त्रिक–वाम गठबन्धन भरतपुर महानगर समितिको प्रतिवद्धता पत्र’ सार्वजनिक गरेको हो ।
सत्तागठबन्धनलले महानगरपालिकामा निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, अनुसशासित, सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकारलगायत महत्वकाङ्क्षी अवधारणासहित स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गरेको छ ।
गठबन्धनबाट महानगरको मेयर पदमा नेकपा माओवादीकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन् ।
घोषणपत्रमा महानगरको उपलब्ध स्रोत साधनको परिचालन गरी आर्थिक समृद्ध हासिल गर्न सार्वजानीक, निजि र सरकारी क्षेत्रको सहभागीतामा औद्योगिक विकास गर्ने, महानगरलाई बेरोजगार मुक्त बनाउने, दक्ष र व्यवसायिक नाई नगरभित्रनै रोजगारिको सिर्जना गर्ने, बालविवाह र मानव ओसारप्रसारमा निर्मूल गरिने, कक्षा १२ सम्म गुणस्तरीय निःशुल्क शिक्षा प्रदान गरिने उल्लेख गरेको छ ।
यसका साथै घोषणापत्रमा गर्भाधानदेखि बच्चा १ वर्षको हुने बेलासम्म विपन्न परिचयपत्रको आधारमा मासिक १ हजार भत्ता दिइने, कृषि आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान दिइने, २ वर्ष भित्र मापदण्ड पुगेका कालोपत्रे हुन बाँकी मुख्य सडकहरु कालोपत्रे गर्ने विषय समेटिएको छ ।