एक वर्षयताकै न्यून बिन्दुमा नेप्से परिसूचक, सबै समूह राताम्मे

<p>काठमाडौं । नेप्से परिसूचक एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ । बुधबारको परिसूचक ३१।७६ अंकले घटेर २२७५.६८ बिन्दुमा झरेको हो । परिसूचक ०७८ मंसिरको न्यूनतम बिन्दुबाट घटेको हो । यसअघि २०७८ मंसिर २७ गतेको परिसूचक न्यूनतम बिन्दु २२८१.६७ मा थियो । जुनलाई २०७९ बैशाख २१ गतेको परिसूचकले रेकर्ड ब्रेक गरेको छ । भदौ २ गते बजारमा भने परिसूचक हालसम्मकै [&hellip;]</p>

काठमाडौं । नेप्से परिसूचक एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ । बुधबारको परिसूचक ३१।७६ अंकले घटेर २२७५.६८ बिन्दुमा झरेको हो ।

परिसूचक ०७८ मंसिरको न्यूनतम बिन्दुबाट घटेको हो । यसअघि २०७८ मंसिर २७ गतेको परिसूचक न्यूनतम बिन्दु २२८१.६७ मा थियो । जुनलाई २०७९ बैशाख २१ गतेको परिसूचकले रेकर्ड ब्रेक गरेको छ । भदौ २ गते बजारमा भने परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिनको परिसूचक ३१९९.०३ बिन्दुमा थियो ।

बुधबारको बजारमा एक अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन अरुण भ्याली हाइड्रोको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

घटेको बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जुन ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३८२.४० रुपैयाँ पुगेको छ ।

बजारमा ग्रीन भेन्चर्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.३६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २८६.८२ बिन्दुमा झरेको छ ।

 

Share News