काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।
रारा हाईड्रोपावरले १२ लाख कित्ता सेयर जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
बुधबार मेगा क्यापिटल मार्केट्स, त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच कम्पनीले मेगा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा रारा हाईड्रोपावरका तर्फबाट सञ्चालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिने योजना रहेको छ ।