सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गर्‍यो ९ करोड दावी बीमा रकम

<p>काठमाडौं । गत वर्षमो मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षातका कारण कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक र मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना भत्काएको थियो । उक्त निर्माणको ठेक्का पाएको कुमार-सी एफ इसी जेभीले [&hellip;]</p>

काठमाडौं । गत वर्षमो मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ ।

गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षातका कारण कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक र मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना भत्काएको थियो ।

उक्त निर्माणको ठेक्का पाएको कुमार-सी एफ इसी जेभीले दावी बीमाबापत‍्को रकम आठ करोड ९७ लाख ९८ हजार रुपैयाँ बीमा रकम प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमित कम्पनीका प्रतिनिधी शुशीलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

साथै, चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म यस कम्पनीले ७ हजार ८२८ वटा दावी फर्छ्यौट गरी १अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ तथा अग्रिम दाबीबापत ८ करोड भुक्तानी गरेको छ भने फर्छ‍्यौट गर्न बाँकी दावीको संख्या ३ हजार ८५७ (कोरोना दावी वाहेक) रहेको कम्पनीले जनाएको छ ।

Share News