नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिकोत्सवमा रक्तदान

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्&#x200d;याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्‍याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भएको कम्पनीले जनाएको छ ।

२२औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

Share News