पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ : डेपुटी गभर्नर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐना बन्न सक्नु पर्ने बताएका हुन् । उनले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐना बन्न सक्नु पर्ने बताएका हुन् ।

उनले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए । मिश्रले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताए । पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने उनका्े भनाइ छ ।

बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा राखे । उनले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रा नभएको बताए ।

‘नेपालमा पुँजीबजार सम्बन्धि जानकारी सबै जनताले जान्न जरुरी छ, ५१ लाखले मात्रै होइन , सक्रिय रुपमा शेयर कारोबार गर्ने लगानीकर्ताको सख्या वृद्धि गर्नु पर्छ, नेप्से प्रविधि मैत्री हुनुपर्छ, हामीले कति मात्रामा लुज गरिरहेका छौं, ४२ खर्बको पुँजीबजारबाट ३३ खर्बमा आयो ३३ खर्बबाट ३८ खर्बमा पुग्यो, नेप्सेमा क्षेत्रगत रुपमा सन्तुलन छैन, उनले भने, ‘कुनै क्षेत्रमा ठूलो लगानी छ,  त्यसमा धेरै कारोबार हुन्छ, एउटा इनडेक्स बढ्दा नेप्से माथि जानसक्छ अर्को ५० वटा कारोबार गर्दा पनि माथि जान सक्दैन, परिपक्क पुँजीबजारमा सम्मेलनलाई हाम्रो शुभकामना छ । पुँजीबजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको काम गरोस्, आर्थिक स्थितिको टेवा प्रदान गर्न सकोस् ।’

 

Share News