कपिलवस्तु र दाङमा चुनाव सर्न सक्ने

<p>काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तरगत दुई स्थानीय तहमा निर्वाचन सर्न सक्ने भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचन सर्न सक्ने भएको हो । महारागजञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मी र तुलसीपुर १७ मा नेकपा (एमाले) बाट वडाअध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको [&hellip;]</p>

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तरगत दुई स्थानीय तहमा निर्वाचन सर्न सक्ने भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचन सर्न सक्ने भएको हो ।

महारागजञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मी र तुलसीपुर १७ मा नेकपा (एमाले) बाट वडाअध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

दुई उम्मेदवारको निधन भएपछि सो स्थानीय तहमा निर्वाचन सर्न सक्ने सम्भावना बढेको हो । स्थानीय तहको निर्वाचनमा कुनै उम्मेदवारको निधन भएमा राजनीतिक दलले अर्को उम्मेदवार पठाउनुपर्छ । नयाँ उम्मेद्वार राजनीतिक दलले पठाए पनि मनोनयनदेखि नामावली प्रकाशनसम्म सबै प्रक्रियामा जानू पर्छ । जसको लागि कम्तीमा  दिन लाग्छ । त्यसैले दाङ र कपिलवस्तुको दुई स्थानीय तहको निर्वाचन सर्न सक्ने सम्भावना बढेको हो । तर यसबारे अहिलेसम्म निर्णय भने भइसकेको छैन ।

निर्वाचन आयोगका अनुसार वडाध्यक्षको हकमा वडाको मात्र निर्वाचन रोकिने र रोकिएको निर्वाचनपछि एकै पटक मतगणना गर्न सकिन्छ । निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार राजनीतिक दलले चाहेर आज समयमै उम्मेदवारको नामावली दिएमा निर्वाचन समयमै हुन सक्छ ।

आज रातको १२ बजेदेखि मौनअवधि सुरु हुने भएकोले नयाँ उम्मेदवारका लागि सबै प्रक्रिया मौनअवधि सुरु हुनुभन्दा पहिले नै भइसक्नुपर्छ । त्यसैले दुई स्थानिय तहको चुनाव सर्ने प्रबल सम्भवना छ । आज उम्मेदवार दिने कम सम्भवना रहेको छ । दिएमा मनोनयनरदाबी विरोध र उम्मेदवारी फिर्ता लगायत सबै प्रकृया सक्न आयोग तयार भएको जनाएको छ ।

Share News